बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा लगातार चोरीको घटना बढ्दै गइरहेको छ । एक सप्ताह नबित्दै जीतपुरसिमरामा ३ वटा चोरीको घटना भएका छन् । फाल्गुन ३ गते सिमरामा दिपेन्द्र मैनालीको घरबाट करिब १२ लाख मुल्य बराबरको सामान चोरी भएको थियो भने सोमबार राति पथलैया स्थित सुभद्रा न्यौपानेको घरमा समेत चोरी भएको छ । एक हप्ता नबित्दै जीतपुरसिमराको ३ वटा घरमा चोरी भएको घटना बाहिरियो पनि प्रहरीले अहिलेसम्म चोरलाई पक्राउ गर्नसकेको छैन । गएराति सिमरा स्थित अक्षरा पाठशाला बोर्डिङ्गबाट समेत नगद ७० हजार र २ वटा ल्यापटप चोरी भएकाे छ । जीतपुरसिमरामा चोरहरुको समुह अहिले सक्रिय बन्दै गएको छ । चोरहरुले घरमा कोहि नभएको बेला मौका छोपी घरमा चोरी गर्ने गरेको स्थानीयले बताए ।
जीतपुरसिमरा उपमहानगरमा प्रहरीको फितलो सुरक्षाको कारण दिनानुदिन चोरीका घटना बढ्दै गएको स्थानीयहरुले बताए । हप्ता दिन नबित्दै जीतपुरसिमराबाट २० लाख मुल्य बराबरको सामान चोरी भएकाे बताइएकाे छ । जीतपुरसिमरामा सहकारी देखि लिएर विद्यालय, घरमा चोरीको घटना बढेसंगै अहिले स्थानीयहरु चोरहरुसंग त्रसित भएका छन् ।
यता ईलाका प्रहरी कार्यालय सिमराले चोरहरुले घरमा कोहि नभएको मौका छोपेर चोरी गर्ने गरेको र घर धनीहरुले घरमा आफू नभएको जानकारी नदिएको कारणले चोरीको घटना बढेको बताएको छ । आफूहरु चोरहरुलाई नियन्त्रणमा लिनको लागि अहिले अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएकाे छ ।
व्यक्तिगत घर, सहकारी तथा विद्यालयको भवनबाट चोरी भए पनि अहिलेसम्म चोरीमा संलग्न व्यक्ति वा समूह पक्राउ परेका छैनन् । जनताको सुरक्षामा खटेको प्रहरीको फितलो सुरक्षाको कारण चोरीको घटना बढेकोले अहिले स्थानीयहरु त्रसित बनेका छन् ।
प्रतिक्रिया