रौतहट । जिल्लाको इशनाथ नगरपालिकाको ६ वटा वडामा लगाइएको कर्फ्यू आदेश हटाईएको छ ।
बसन्तपञ्चमीको अवसरमा आयोजना गरिएको सरस्वती पुजा पछि फाल्गुन ४ गते मुर्ति सेलाउन जाने क्रममा झडप हुँदा जारी गरिएकाे कर्फ्यू आदेश हटाइएकाे हाे । सरस्वती पुजा पछि फाल्गुन ४ गते मुर्ति सेलाउन जाने क्रममा इशनाथ नगरपालिका वडा नम्बर ७ घिउरामा मुस्लिम समुदायका केहि व्यक्तिले अवरोध पुर्याउदा दुवै पक्षमा झड़प भएको थियो ।
छत बाट मुस्लिम समुदायका व्यक्तिले हिन्दु समुदायका मुर्ति सेलाउने जाने युवाहरू माथि ढुंगा मुढा प्रहार गर्दा एक जना घाइते भएपछी स्थति नियन्त्रणमा लिनका लागि स्थानीय प्रशासनले वडा नम्बर ७ मा ५ गते देखि कर्फ्यू आदेश जारी गरेको थियो ।
घिउरा टोलमा भएको विवादको बिषय लिएर इशनाथ नगर पालिका वडा नम्बर ३ मा रहेको मस्जिदमा लगाइएको लाउड स्पीकार खोलेर फाले पछि दुवै समुदायबीच धार्मिक सामाजिक सम्प्रदायिक द्वन्द सृजना हुन सक्ने अवस्थालाइ मध्यनजर गर्दै स्थानीय प्रशासनले ६ गतेदेखि थप वडा नम्बर २, ३, ४, ५, ६ र ७ मा कर्फ्यू जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय रौतहटले सुचना जारी गर्दै विवाद समाधान भैसकेको हुदा बेलुकी आज ५ बजे देखि कर्फ्यु हटाईएको जनाएको छ ।
रौतहट
प्रतिक्रिया