बोदे बर्साईनमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न

राजबिराज । बोदे बर्साईन नगरपालिकाको आर्थिक सहयोग तथा श्री बिवेकशिल युवा जागरण केन्द्र राजबिराज, सप्तरीको अगुवाईमा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सवालमा भएका विभिन्न क्रियाकलापहरुको सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । बोदे बर्साईन नगरपालिकाकी कार्यवाहक नगर प्रमुख रेणुकुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका इन्जिनियर दिनेश ठाकुर रहेका थिए । कार्यक्रममा नेपालमा गर्भपतन सम्बन्धी कानुनी ब्यवस्थाहरु, जवरजस्ती करणी सम्बन्धी कानुन, मानवअधिकार सम्बन्धी कानुन र कार्यान्वयनमा चुनौतीहरुका विषयमा छलफल भएको थियो ।


सुरक्षीत गर्भपतन, परिवार नियोजन,सुरक्षीत मातृत्व, लैंगिक हिंसा, किसोर किसोरी यौन तथा प्रजनन् स्वास्थ्य जस्ता कानुनी अधिकार लगायतका विषयमा जनचेतना जगाउदै आएको यस सस्थाले यौन तथा प्रजनन् स्वास्थ्यको सवालमा पैरवी समेत गर्दै आएको छ ।

कार्यक्रममा पालिकाका सहभागीहरुलाई प्रशिक्षक लवप्रकाश साह र शिवनाथ कामीले यो सम्बन्धि विभिन्न क्रियाकलापहरु प्रस्तुत गरे। कार्यक्रममा वडाध्यक्ष शिवनारायण यादव र किरण साह लगायतले सहजिकरण गरेका थिए । कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी मोहम्मद इमामुल हक, बिवेकशिल युवा जागरण केन्द्रका संयोजक माया लाल साहको पनि उपस्थिति रहेको थिए । अगुवाहरुले यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा जनचेतना जगाउदै आई रहेको पाइएको छ ।

प्रतिक्रिया