सर्लाही । सर्लाहीको हरिवन नगरपालिका– १० ताइवान टोलमा रहेको बिलिभर्स इस्टर्न चर्च भवनको शिलान्यास गरिएको छ ।
हरिवन नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको बिलिभर्स इस्टर्न चर्चको सर्लाही जिल्ला क्षेत्र नम्बर ३ क, बाट निर्वाचित सांसद जवाहरलाल कुशवाहा तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले संयुक्त रुपमा सोमबार शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सांसद जवाहरलाल कुशवाहाले चर्चको सफलता कामना गर्नुका साथै सबै धर्म र आस्थालाई आफूले समान ढंगबाट आदर गर्ने बताएको आयोजक बिलिभर इस्टर्न चर्च हरिवनका पास्टर विष्णु राइले जानकारी दिए ।
कार्यक्रममा बिलिभर्स इस्टर्न चर्चका रौतहट जिल्ला परिषदका अध्यक्ष फादर महेन्द्रप्रसाद चौधरीलगायत सर्लाही जिल्लाभरका चर्च फादरहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया