वीरगन्जमा अनिश्चितकालीन कर्फ्यू

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा कर्फ्यू आदेश जारी गरेको छ । बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारि दिनेश सागर भुसालले जारि गरेको सुचनामा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जारि गरेको सुचना अनुसार अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको उल्लेख गरिएको छ ।

मिति ३०८० साल फाल्गुन ३ गते बिहिवार रौतहट जिल्लाको इसनाथ नगरपालिका मोतिपुरमा दुइ पंक्षा बिच बिबाद र झडप भएको विषय लाई लिएर वीरगन्जमा भएको बिरोध जुलुसको क्रममा बिबाद र झडपको स्थिति देखिएकोले वीरगन्ज महानगरपालिका क्षेत्रको पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ । कर्फ्यू आदेश जारी गरेको ठाउँमा हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुने लगायतका उच्छृङ्खल गतिविधि गर्न नपाइने समेत सूचनामा भनिएको छ ।

साथै आदेशको बर्खिलाप गरेको पाइएमा कानुन बमोजिम कडा कारवाही हुने जिल्ला प्रसासन कार्यालय पर्सा द्वारा जारि कर्फ्यु आदेश पत्रमा उल्लेख गरिएको छ । रौतहट जिल्लाको इसनाथ नगरपालिकामा भएको विवादलाई लिएर हिन्दु समाजले वीरगंजमा प्रदर्शन गर्दै बजार बन्द गराएको थियो । सोही क्रममा विवाद उत्पन्न भएपछि अवस्था सामान्य बनाउनका लागि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको जनाएको छ ।

प्रतिक्रिया