फिदिममा सहकारी संस्थाहरुलाई कोपोमिस तालिम

पाँचथर । जिल्लाको फिदिम नगरपालिका सहकारी शाखाको आयोजनामा चारदिने कोपिमिस तालिम बिहीबार समापन गरिएको छ । सहकारी संस्थाको रेकर्डलाई व्यवस्थित राख्नको लागि सहकारी विभागले सुरु गरेको अनलाईन रेकर्डिङ सफ्टवेयर हो ।

सहकारी संस्थाको लेखा प्रणाली, व्यस्थापन प्रणाली, संस्थाको समग्र व्यवस्थापन यस सिस्टमबाट नियामक निकायले कार्यालयबाट नै अनुगमन गर्न सकिने व्यवस्था सफ्टवेरमा रहेको छ । सहकारी संस्थाले सफ्टवेरमा बार्षिक रिपोर्ट भरेर मात्र कर चुक्ता गर्न अनिवार्य गरेको छ ।

नगरले यस वर्षको आगामी असार मसान्तसम्म सम्पूर्ण विवरण भर्न संस्थाहरुलाई आह्वान गरेको छ ।‌अर्को वर्षको साउनबाट मासिक रिपोर्ट नगर्ने सहकारी संस्थालाई नगरले सहकारी ऐन अनुसार कारबाही गरिने जनाएको छ ।
तालिम समापनमा सहकारी संस्था व्यस्थापनको लागि नगरले हर तरह सहयोग गर्ने फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले बताएका छन ।

पाँचथर जिल्लामा सञ्चालन भएका सहकारीमध्ये फिदिम नगरपालिकाले विभिन्न तालिम तथा अनुगमनलाई तीव्ररुपमा सञ्चालन गरेको जिल्ला सहकारी संघ अध्यक्ष रेणुप्रसाद ओझाले बताएका थिए ।

सहकारी संस्थाको आर्थिक उन्नतिको लागि राष्ट्रिय सहकारी बैंकले सहुलियतपूर्ण ऋणमा लगानी गरेर सहयोग गर्ने फिदिम शाखाको प्रबन्धक इतिहास आलमले बताए । तालिममा सहजिकरण हातेमालो कृषि सहकारी संस्थाको व्यवस्थापक पुनम तामाङ र मिलिस्टार कम्प्युटर इन्ष्टिच्युटको केशव पौडेलले गरेका थिए ।

नगरपालिकाको नियमन क्षेत्रमा रहेका निस्क्रिय सहकारीहरु ५ वटा खारेजी प्रक्रियामा लगिएको छ । १ वटा सहकारी संस्था एकीकरण गरिएको तथा क्रियाशील नरहेको संस्था क्रमशः खारेजी र एकीकरण गरिँदै लगिने सहकारी शाखा प्रमुख सरस्वती सिवाकोटीले बताइन् ।

प्रतिक्रिया