बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा सारथी स्वरोजगार बजारीकरण संघको कार्यालयको उद्घाटन गरिएको छ ।
बुधबार मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले एक कार्यक्रमको बीच उक्त संघको कार्यालयको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य चौधरीले भने, ‘हामीले समान उत्पादन गरे पनि यसलाई बजारमा बजारीकरण कसरी गर्ने भनेर जानकारी नहँुदा त्यस्ता समस्यालाई समाधान गर्ने उद्देश्यले नै सारथी स्वरोजगार बजारीकरण संघको कार्यालय खेलेको हो ।’ बिक्री बढेमा आम्दानी बढ्ने र बिक्री घटेमा आम्दानी घट्ने हुनाले व्यवसायको मेरूदण्ड भनेकै वस्तु बिक्री भएकोले यो संस्थाले उत्पादन गरेको बस्तुलाई बजारीकरण गर्नेमा मद्दत पुग्ने उनेल बताए ।
सारथी स्वरोजगार बजारीकरण संघको अध्यक्ष एवं जीतपुरसिमरा उपमहानगरपालिकाको प्रथम नगर उपप्रमुख सरस्वती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वप्रदेशसभा सदस्य सीता गुरुङ, सुन्दर विश्वकर्मा लगायतले सारथी स्वरोजगार बजारीकरण संघको स्थापनाले जीतपुरसिमराबासीलाई धेरै राहत महसुस हुने बताए । बेरोजगार भएर अहिले घरमा बसिरहेकाहरूलाई लक्षित गरी संघ कार्यालयको स्थापना गरिएको र व्यवसाय प्रवद्र्धन साथसाथै बजारीकरणको अवस्था र वस्तु बिक्री गर्ने कलासम्बन्धी जानकारी गराउने उद्देश्यले सारथी स्वरोजगार बजारीकरण संघको कार्यालयको उद्घाटन गरिएको संघकी अध्यक्ष सरस्वती चौधरीले बताइन् ।
यसैगरी सारथी स्वरोजगार बजारीकरण संघको आयोजनामा दुना टपरी बनाउने सीप प्रतियोगिता सिमरामा सम्पन्न भएको छ । ३९ जना महिलाको सहभागीमा दुना टपरी बनाउने सीप प्रतियोगिता सम्पन्न भएको हो । दुना र टपरी बनाएकी तीन जना महिलालाई संस्थाले पुरस्कारसमेत वितरण गरेको छ ।
दुना टपरी सीप प्रतियोगितामा शान्ता घिमिरे प्रथम, निताकुमारी फुयाल द्वितीय, तेजु सापकोटा तृतीय भएकी छन् । प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्नेलाई मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले प्रमाणपत्रले पुरस्कृत गरेका थिए ।
उक्त कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका–१४ कि वडाध्यक्ष चयन गुरुङ, जनहित उपभोक्ता समितिको अध्यक्ष अमृतलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया