पाँचथर क्याम्पसमा धार्मिक महोत्सव तथा महापुराण सुरु

पाँथचर । जिल्लाको पाँचथर बहुमुखी क्याम्पसमा बुधबारदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा पाँचथर बहुधार्मिक आध्यात्मिक महोत्सव सुरु भएको छ ।

फागुन ९ गतेसम्म चल्ने उक्त महोत्सवको उद्घाटन बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् । महापुराण एवं बहुधार्मिक आध्यात्मिक महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले जिल्लामै गुणस्तरीय शिक्षा उपलब्ध गराउने पवित्र उदेश्यले महापुराण आयोजना गरेर पाँचथर बहुमुखी क्याम्पसले प्रशंसनीय कार्य गरेको बताए ।

क्याम्पसलाई गुणस्तरीय शैक्षिक संस्थाको रुपमा विकास गर्नका लागि अक्षयकोष स्थापनार्थ महापुराण एवं बहुधार्मिक आध्यात्मिक महोत्सव आयोजना गरिएको क्याम्पस सञ्चालन समितिका अध्यक्ष दीपक प्रकश बाँस्कोटाले बताए ।

शैक्षिक उन्नयनको पवित्र उदेश्यले आयोजित महापुराण एवं बहुधार्मिक आध्यात्मिक महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न क्याम्पसले आग्रह गरेको छ ।

वाचनप्रवीण दीनबन्धु पोख्रेल प्रमुख वाचक रहेको महापुराण एवं बहुधार्मिक आध्यात्मिक महोत्सवमा याक्थुङ मुन्धुममा डा. चन्द्रकुमार शेर्मा र बौद्ध दर्शनमा फुर्तेम्बा शेर्पाले प्रवचन दिने पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मी प्रसाद ढुंगानाले बताए । पुराण व्यवस्थापन गर्न अहोरात्र खटेर तयार पारेको व्यवस्थापनका संयोजक तथा उद्योग वाणिज्य संघ पाँचरका अध्यक्ष नवराज घिमिरेले बताए ।

प्रतिक्रिया