पाल्पामा जिप दुर्घटना : आठ जनाको मृत्यु

तस्विर दिनेश घिमिरेबाट

काठमाडौं । पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मंगलबार साँझको समयमा पाल्पाको तिनाउ गाउँपालिका– ६ चिदिमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुम्रेबाट तिनाउको चिदितर्फ जाँदै गरेको जिप दुर्घटना भएको बताइएको छ । उक्त दुर्घटनामा अन्य यात्रु पनि घाइते भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया