छायाँनाथ रारा नगरपालिकाको आफ्नै पहिचान झल्किने लोगो

मुगु । मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले आफ्नै पहिचान झल्किने लोगो निर्माण गरेको छ । स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार छायाँनाथ रारा नगरपालिकाले आफ्नै पहिचान झल्किने प्रतिक चिन्ह लोगो निर्माण गरेको हो ।

छायाँनाथ रारा नगरपालिकाको पर्यटन, पहिचान ऐतिहासिक जनजिवन, भुगोल सांस्कृतिक पहिचान झल्किने गरी छायाँनाथ रारा नगरपालिकाले प्रतिक चिन्ह लागो निर्माण गरेर सञ्चालनमा ल्याएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

छायाँनाथ रारा नगरपालिका कार्यपालिकाको गत माघ २४ गते बसेको बैठकले स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाले पनि आफ्नै पहिचान झल्किने लोगो निर्माणका गर्ने नगर कार्यपालिकाको निर्णयसँगै छायाँनाथ रारा नगरपालिकाको पहिचान झल्किने यस नगरपालिाकाभित्र रहेका पर्यटकिय क्षेत्र नेपालको सबैभन्दा ठूलो ताल रारा, चंखेली हिमाल, छायाँनाथ मन्दिर र धानाका बाला नगरपालिकाको नक्सा, नेपालको नक्सा राष्ट्रिय झण्डालगायतका पर्यटकिय क्षेत्र समावेश गरेर नगरपालिकाको लोगो निर्माण गरेको छायाँनाथ रारा नगरपालिका नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए ।

बुधबारदेखि नेपाल सरकारको लोगो र स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाको लोगो हितको लेटहेड पनि सञ्चालनमा ल्याएको नगरप्रमुख भामको भनाई छ ।

प्रतिक्रिया