आज रुकुम पश्चिमका पाँच स्थानीय तहमा सार्वजनिक विदा

रुकुम पश्चिम । जनयुद्ध दिवसको अवसरमा फागुन १ गते (आज) रुकुम पश्चिमका पाँचवटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । रुकुम पश्चिमका आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय सार्वजनिक गरेका हुन् ।

मुसिकोट नगरपालिकाले भने बिदा दिने निर्णय हालसम्म गरेको छैन । सार्वजनिक बिदाका दिन पालिकाभित्रका वडा कार्यालय, शैक्षिक संस्थालगायका कार्यालयहरुमा बिदा हुने जनाइएको छ ।

सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ को बिदा खारेज गरे पनि माओवादी नेतृत्वमा रहेका केही पालिकाहरूले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया