रौतहट । जनता समाजवादी पार्टीको मधेस प्रदेश अध्यक्षमा बालकिशोर यादवलाई चयन गरिएको छ । साेमबार जसपा नेपालको मधेस प्रदेश समिति पुनर्गठन भएसँगै नयाँ कार्यसमिति चयन गरिएको हो ।
जसपाको प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारी अनुसार पार्टी विधानले व्यवस्था गरेबमोजिम ५१ सदस्यीय मधेस प्रदेश समिति गठन गरेको हो । यादवको अध्यक्षतामा पुनर्गठन भएको छ ।
त्यसैगरी १७ सदस्यीय प्रदेश कार्यकारिणी समिति चयन भएको छ । सो समितिको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी कार्यान्वयन गर्न सक्ने गरी समितिको नामावली टुंगो लगाइएको छ ।
साथै वृजमोहन तिवारीको अध्यक्षतामा १३ सदस्यीय प्रदेश सल्लाहकार समिति गठन भएको छ । महाराज यादवको अध्यक्षतामा ७ सदस्यीय अनुशासन आयोग र अमृत साफीको अध्यक्षतामा ६ सदस्यीय लेखा परीक्षण आयोग गठन भएको छ ।
मधेस प्रदेश समिति पुनर्गठन भएसँगै जसपाका सातै प्रदेश समिति पुनर्गठन भएको जनाइएको छ । रौतहटको दुर्गाभगवती गाउँपालिका निवासी यादवसँग २५ वर्ष निजामती सेवामा काम गरेको अनुभव छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया