रुकुम पश्चिममा समाजवादी मोर्चा गठन

आठबिसकोट । रुकुम पश्चिममा समाजवादी मोर्चा नेपालको जिल्ला संयोजन समिति गठन भएको छ । आज मुसिकोटको खलंगमा बसेको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संयुक्त बैठकले मोर्चा गठन गरेको हो ।

संयुक्त मोर्चाको प्रेस विज्ञप्तिमार्फत समितिको संयोजकत्व समाजवादी मोर्चा नेपालको कार्यविधि २०८० बमोजिम आलोपालो प्रणाली अनुसार हुने बताइएको छ ।

नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक गोविन्द रोका सचिनको संयोजकत्वमा ६ सदस्यीय जिल्ला समिति गठन भएको छ ।

उक्त मोर्चाको सदस्यहरुमा माओवादी केन्द्रबाट प्रदेश समिति सदस्य राधा रोकाय, एकीकृत समाजवादीबाट जिल्ला उपाध्यक्ष एवं केन्द्रीय परिषद् सदस्य माधव प्रसाद गौतम र जिल्ला सचिव सुरज परियार, नेकपाबाट केन्द्रीय सदस्य चन्द्र सी र जिल्ला सचिवालय सदस्य अनिता सी सचिवालयमा रहेका छन् ।

यस्तो छ प्रेस विज्ञप्ति

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया