जनयुद्ध दिवसको अवसरमा आठविसकोट नगरपालिकाले दियो सार्वजनिक विदा

आठबिसकोट । ‘जनयुद्ध दिवस’को अवसरमा रुकुम पश्चिमको एक नगरपालिकाले सार्वजनिक विदा दिएको छ । जिल्लाको आठविस्कोट नगरपालिकाले फागुन १ गते सार्वजनिक विदा दिएको हो । जनयुद्धको अवसरमा सार्वजनिक विदा दिइएको पालिकाले आज शुक्रवार एक सुचना निकालेर जानकारी दिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले नगरपालिका र अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक विदा दिएको जनाएका छन् ।

तत्कालीन माओवादीले ०५२ बाट १० वर्षसम्म सशस्त्र संघर्ष सञ्चालन गरेको थियो । माघ २६ गतेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको अधिकृत शाहले जानकारी गराएका हुन् ।

जनयुद्ध’ दिवसमा बिदा दिने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरेको थियो । सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरूको भावना चोट पर्न सक्ने भन्दै ‘जनयुद्ध’ दिवसमा विदा दिने निर्णय खारेज गरेको हो । तर, अदालतको आदेश विपरीत आठविसकोट नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया