पाकिस्तानमा ७६ वर्षमा २४ प्रधानमन्त्री

इस्लामावाद । बिहीबार पाकिस्तानमा आम निर्वाचन भएको छ । तीन पटकका प्रधानमन्त्री नवाज शरिफ यो चुनावमा उठेका छन् । उनी प्रधानमन्त्रीका प्रबल दाबेदार पनि हुन् । बिलवाल भुट्टो पनि आफैँले जित्ने दाबी गरिरहेका छन् । पूर्व क्रिकेटर र प्रधानमन्त्री इमरान खान जेलमा छन् । पार्टीको चुनाव चिह्न निर्वाचन आयोगले खोसेपछि उनका उम्मेदवार निर्दलीय चुनाव लडिरहेका छन् ।

पाकिस्तानमा अहिलेसम्म कसैलाई पनि प्रधानमन्त्रीको कुर्सी फापेको छैन । त्यहाँको प्रधानमन्त्री कुर्सी पनौती हो ? किन अहिलेसम्म कसैले पनि कार्यकाल पूरा हुनेगरी कुर्सीमा बस्न पाएनन् ? गएको ७६ वर्षमा त्यहाँ २४ जना प्रधानमन्त्री बने । तर एकजनाले पनि आफ्नो कार्यकाल पूरा गर्न पाएनन् ।

२१ जना प्रधानमन्त्रीले २४ पटक शपथ लिएका छन् । तर यिनीहरूको सबै कार्यकाल अधुरो रह्यो । यो सूचीमा १३ दिनका लागि मात्रै प्रधानमन्त्री बनेका नुरुल अमीन देखि ५४÷५५ दिनसम्म प्रधानमन्त्री बनेका चौधरी सुजात हुसेन÷इब्राहिम इस्माइल चुंदरीगर छन् । सबैभन्दा लामो समय प्रधानमन्त्रीको रूपमा रहेका यूसुफ राज गिलानी पनि ४ वर्ष ८६ दिनसम्म मात्रै कुर्सीमा बस्न सके । लियाकत अली खानको कार्यकाल ४ वर्ष ६३ दिन र नवाज शरीफ ४ वर्ष ५३ दिनको थियो ।

पाकिस्तानमा नवाज शरिफ सबैभन्दा धेरै तीन पटक प्रधानमन्त्री बनेका छन् । तीन पटक गरेर शरिफ ९ वर्ष १७९ दिनसम्म कुर्सीमा बसे । बेनजिर भुट्टो दुई पटक प्रधानमन्त्री बनिन् । पछिल्ला ६ प्रधानमन्त्रीले त एक वर्षसम्म पनि कुर्सीमा बस्न पाएनन् ।

१८ पटक प्रधानमन्त्री निकै प्रतिकूल स्थितिमा कुर्सी छाड्नुप¥यो । सन् १९९३ मा सबैभन्दा धेरै पाँचपटक प्रधानमन्त्री फेरिए । बेनजिर भुट्टोको हत्या भयो । जुल्फीकर भुट्टोलाई फाँसी दिइयो । पाकिस्तानमा ‘कु’ मात्रै चार पटक भएको इतिहास छ ।

प्रतिक्रिया