गरुडा । नेपाल कम्युनिष्ट पार्टी(एमाले) का अध्यक्ष केपीशर्मा ओलीले गरुडामा रहेको श्रीराम सुगर मिल सञ्चालन गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपा एमालेको रौतहटको १० औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हजारौंलाइ रोजगारी दिएको श्री रामसुुगर मिलपुनः सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छुु ।’ यस विषयमा आफूले प्रधानमन्त्रीसँग कुरा गर्ने उनले बताए । एक अर्को प्रसंगमा उनले मिसन २०८४ मा रौतहटको चारै क्षेत्रमा जित्नुु पर्ने बताए । जिल्लाको सबै संसदीय क्षेत्र, प्रदेश क्षेत्रमा, नगरपालिका र गाउँपालिकामा केवल एमालेले नै जित्नुुपर्ने उनले दाबी गरे ।
साथै ओलीले रौतहटमा रहेको नदिको समस्या नियन्त्रण तर्फ आफ्नो पार्टीले ध्यान दिदै आएको र अगामी दिनमा अझै दिने आश्वासन दिए । कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, नेता रघुवीर महासेठ लगायतले शुभकामना दिएका थिए ।
प्रतिक्रिया