बारा । विवादका कारण जिल्लाको सुवर्ण गाउँपालिकामा लगाइएको ताला खुलेको छ । सो गाउँपालिकामा भएको विवाद समाधान गरिँदै सेवाग्राहीको कामलाई मध्यनजर गरिँदै आज (बिहीबार) उक्त पालिकाको ताला खोलिएको हो ।
गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादव र उपाध्यक्ष पुनम कुमारीबीच बिहीबार जिल्ला प्रशासन कार्यालयको सभा हलमा प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको सहमति अनुसार उक्त पालिकाको ताला खोलिएको गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले बताए ।
हिजो कार्यालयमा पुग्दा सेवाग्राहीको कामै न भएर दर्ता चलानी नै नगरी विभिन्न विकास निर्माणको काम अगाडि बढाइएकोले उक्त काम नियम संवत नदेखिएकोले आफूले कार्यालयमा ताला लगाएको गाउँपालिका उपाध्यक्ष पुनम कुमारीले बताएकी हुन् ।
जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार आउने आइतबार कार्यपालिकाको बैठक बसी कार्यालयमा देखिएको विभिन्न त्रुटिलाई सच्याउँदै सेवाग्राहीको काम दुरुस्त तरिकाले काम अगाडि बढाउन सहमति भएको उनले जानकारी दिइन् ।
यता एक कार्यक्रमबीच उक्त गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा भोज बहादुर ऐडीलाई हाजिर गराइएको छ । गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले उनलाई कार्यालयमा सुवर्ण गाउँपालिकाका सर्वसाधारण सेवाग्राहीहरूको काम नियम संवत कानुनबमोजिम गर्ने–गराउने भनेर शुभकामनासहित फूलमाला लगाइ उनलाई हाजिर गराइएको जानकारी दिएका हुन् ।
गाउँपालिकामा हाजिर हुँदै प्रमुख प्रशासकीय अधिकृत ऐडीले नियम संवत सेवाग्राहीको काममा कुनै कसर बाँकी नराख्ने उनले प्रतिबद्धता समेत व्यक्त गरेका थिए । गाउँपालिका कार्यालयमा सम्पन्न स्वागत कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरूले समेत ऐडीको भब्य स्वागत गरेका थिए । यो भन्दा पूर्व यस पालिकाका प्रमुख प्रशासकीयको रूपमा वोकिल पाल कार्यरत रहेका थिए ।
प्रतिक्रिया