रेडक्रस सोसाइटी अर्घाखाँचीले स्वर्ण जयन्ती मनाउने

अर्घाखाँची । नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाले संस्था स्थापना भएको ५० वर्षमा प्रवेश गरेको सुखद् अवसरमा विभिन्न कार्यक्रमसहित स्वर्ण जयन्ती महोत्सव मनाउने भएको छ । २०३० माघ २९ गते दुर्गाबहादुर शाहको नेतृत्वमा तदर्थ समितिबाट अगाडि बढेको रेडक्रसले ५०औँ वर्षगाठको अवसरमा विविध कार्यक्रम गरी मनाउन लागेको रेडक्रस जिल्ला शाखाले सन्धिखर्कको आफ्नै कार्यालयमा पत्रकार भेटघाट गरी कार्यक्रमबारे जानकारी दिएको छ ।

विपत्को अवस्थामा मानवीय सेवा, राहत, उद्धार समुदायको विकास लगायतका क्षेत्रमा काम गर्दे आएको परोपरोपकारी स्वयंसेवी संस्थाको रूपमा स्थापित रेडक्रसले माघ २८, २९ र फागुन १ गते विभिन्न कार्यक्रम गर्न लागेको रेडक्रस अर्घाखाँची शाखाको सभापति कुशल भुसालले बताए । स्थापना दिवसको अवसरमा मेगा रक्तदान क्याम्प, रेडक्रसको तथ्य, तथ्यांक, इतिहाससहितको स्मारिका प्रकाशन, साधारणसभा, ब्लड क्लब गठन, प्रमाणपत्र वितरण गर्ने गरी कार्यक्रम गर्न लागिएको भन्दै यो पटक करिब दुई सय जनाले रतmदान गर्ने आँकलन गरेको सभापति भुसालले बताए ।

सभापति भुसालले भने, ‘हामी ब्लड क्लबमार्फत रगतको समस्या सामाधान गर्न चाहान्छौँ, केही समय ब्लड बैँक चलाएर पनि निरन्तर रूपमा सञ्चालन गर्न सकेनौँ, तत्कालीन बेलामा केही समस्या रहे, रगत लिदाँदिँदा कुनै पैसा लाग्दैन भन्ने सन्देश पनि यो कार्यक्रममार्फत दिन खोजका छौँ, राष्ट्रिय आपूर्ति सहज हुनेछ, भविश्यमा ब्लडको समस्या सामाधानमा यो कार्यक्रमले सहयोग गर्नेछ, लामो समयदेखि स्वयंसेवी कार्यमै छौँ, भोलिका दिनमा पनि यस्ता कार्यहरूलाई ब्यवस्थित रूपमा अगाडि बढाउन रेडक्रस प्रतिबद्ध नै छ ।’

रक्तदान कार्यक्रममा लायन्स क्लब अफ अर्घाखाँचीले पनि सहकार्य गरेर जाने क्लबका अध्यक्ष प्रकाश परियारले बताए । अध्यक्ष परियारले भने, ‘आमनागरिकलाई रक्तदान के हो ? गर्दा के हुन्छ ? भनी जानकारी गराई, यो कार्यक्रम व्यापक सहभागी गराई गर्न खोजेका छौँ, अझै पनि आमनागरिकमा रक्तदानबारे केही भ्रमहरू छन्, ती भ्रमलाई हटाई सबैलाई उत्साहका साथ यो अभियानमा जोड्न चाहान्छौँ ।’

पत्रकार सम्मेलनका प्रमुख अतिथिसमेत रहेका पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले रक्तदानसँगै ब्लड क्लब खोलेर अगाडि बढ्ने निकै राम्रो र सराहनीय कार्य भएको भन्दै उक्त कार्यक्रम पत्रकार महासंघ र अर्घाखाँची जिल्लाका सबै मिडियाकर्मीहरूले खुलेर सहयोग गर्ने बताए ।

उक्त रक्तदान १६ देखि ६० वर्ष उमेर समूहका ४५ केजी माथि शारीरिक तौल भएका, ब्लड प्रेसर सामान्य भएका स्वस्थ मानिसले रक्तदान गर्दा गरेको केही समयपछि नै शरीरमा हुने सामान्य प्रक्रियाबाट रगतको स्वतः परिपूर्ति हुने हँुदा सबैले गर्दा नै राम्रो हुने पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले बताए ।

रेडक्रस शाखाका मन्त्री तुल्सीराम पौडेलको स्वागत मन्तव्य, कार्यालय सचिव ठाकुर अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा रेडक्रसका चन्द्र बन्जाडे, हरि केसी, कमल घिमिरे, अम्बिका श्रेष्ठ लायन्स क्लबका सचिव प्रदीप आचार्यलयायत विभिन्न मिडियाका क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया