मुगुमा लागूऔषधसहित एक जना पक्राउ

मुगु । हिमाली जिल्ला मुगुमा लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् । मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १ ठिनी वस्ने १८ वर्षीय कमल मल्ल खैरो हिरोइनसहित पक्राउ परेका हुन् । लागूऔषध खैरो हिरोईन कारोबार गर्नको लागी वडा नम्बर २ गमगढी बजारस्थितमा हिँडीरहेको गोप्य सूचनाको आधारमा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा मल्ललाई गमगढी बजारको न्यूरोडमा फेलापारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

मोजाभित्र कागजसहित ३०० मिलिग्राम (शुद्द तौल ६० मिलिग्राम) लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मल्लकाे घरमा गई खोज तलास गर्दा मल्लको कोठामा कागज सहित ३३० मिलिग्राम (शुद्द तौल ११० मिलिग्राम) लागूऔषध खैरो हेरोइन, नगद सोह्र हजार बरामद गरिएको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया