सानीभेरी ५ का वडाध्यक्ष खनालको मृत्यु

आठबिसकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अल बहादुर खनालको मृत्यु भएको छ । ४१ बर्षका वडा अध्यक्ष खनालको आज सोमबार बिहान काठमाडौ स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि कलेजो, मृगौला र फोक्सोको समस्याले ग्रसित मृतक खनालको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । खनाल नेपाली काँग्रेस बाट निर्वाचित जनप्रतिनिधि हुन ।

मृतक अध्यक्षका दुई छोरा र एक श्रीमती छन । खनालको शवलाई आजै गृह जिल्ला रुकुम पश्चिम ल्याएर अन्तेष्टी गरिने पारिवारिक स्रोतले जनाईएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया