प्रेस चौतारीकाे स्थापना दिवसको अवसरमा कोटदरवार क्षेत्रमा बृक्षारोपण

कालिकोट । नेकपा एमाले निकट प्रेस चौतारी नेपालको २६औँ स्थापना दिवसको अवसरमा बृक्षारोपण गरिएको छ । पर्यटयिक क्षेत्र कोटदरवार क्षेत्रमा बृक्षारोपण गरिएको हो । डिविजन वन कार्यालय कालिकोटको सहयोगमा ओखरका विरुवाहरु उक्त क्षेत्रमा बृक्षारोपण गदै पुराना विरुवाहरु गोडमेल समेत गरिएको छ ।

प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष विश्वनाथ सिम्खाडाको अध्यक्षता , नेकपा एमालेका नेता रमेश कुमार शाहीको प्रमुख आथित्यता तथा डिभिजन वन कार्यालय कालिकोटका प्रमुख रमेश गिरीको विशेष आथित्यतामा कार्यक्रम गरिएको हो ।

कालिकोट जिल्लाको पर्यटयिक क्षेत्र कोटदरवार क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न अवसर पारी बृक्षारोपण गरेपनी विरुवाहरुको संरक्षण नहुँदा बर्षेनी बृक्षारोपण गर्नुपर्ने अवस्था आएको नेकपा एमालेका नेता रमेश कुमार शाहीले बताए । शाहीले भने विरुवा रोपेपनी संरक्षण गर्न स्थानीय सरकार तथा डिभिजन वन कार्यालयको सहयोग आवश्यकता परेको बताए ।

प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष विश्वनाथ सिम्खाडाले देशभर जस्तै स्थापना दिवसको अवसरमा संगठनले विभिन्न कार्यक्रम गर्ने गरेकाले कालिकोटमा प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा कोटदरवार क्षेत्रमा बृक्षारोपण गरेको बताए । सिम्खाडाले हामीले रोपेका विरुवाहरु संरक्षण गर्न हप्ताको एक दिन हेरफेर तथा गोडमेल गर्न संगठनका सदस्यहरुलाई पठाउने बताएका छन् । पहिलेको तुलनामा हाल कोटदरवार क्षेत्र संरक्षणमा रहेको बताएका छन् ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ता ,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य ,प्रदेश सदस्य एवं चौतारीका जिल्ला कमिटि सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन प्रेस चौतारी नेपाल कालिकोटका सचिव डिल्ली प्रसाद चौलागाईले गरेका हुन । पर्यटकिय क्षेत्र कोटदरवार क्षेत्रमा रहेका भौतिक संरचना तथा रोपिएका विरुवाहरुको हेरफेर गर्न सरोकारवाला निकाय तथा स्थानीय नागरिकहरु जागरुक देखिनु पर्ने सहभागिहरुको भनाई छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया