गाउँपालिकामा राम्रो काम गरेको भन्दै पकहामैनपुरका कर्मचारीलाई स्थानीयको सम्मान

पर्सा । पर्साको पकहामैनपुर गाउँपालिकाका कर्मचारी स्थानीय राजनितिकर्मीहरुबाट सम्मानित भएका छन् । गाउँपालिका कार्यालयमा राम्रो काम गरेको भन्दै गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत उदय शंकर चौधरीसहितका कर्मचारीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो । नयाँ प्रमुख प्रसाशकीय अधिकृत उदयशंकर चौधरीले आएको दुई महिनामा राम्रो काम गरेको स्थान्ीयले बताएका छन् ।

उदयशंकर चौधरीले काम श्रीराम चरित्र माध्यमिक विद्यालयको गोप्य ठेन्डर रद्द गरि खुला टेन्डर गरेको, गाउँपालिकामा गोप्य रुपमा राखिएको ४१ जना कर्मचारीहरुलाई हटाएको, शिक्षक न्युक्तिमा बढि अंक ल्याउनेलाई शिक्षक भर्ना गरेको, गाउँपालिकाको विशेष सभा बाट संशोधन गरि एक वर्षबाट बञ्चित रहेको जनप्रतिनिधिहरुको सेवा सुबिधा निकासा गरिदिएको भन्दै सम्मान गरिएको बताइएको छ ।

गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुमा खुला भर्ना गरि राम्रो अंक लयाउनेलाई भर्ना गरिएको छ । गाउँपालिकाको अधुरो कामलाई पुर्णता दिएको र जनप्रतिनिधिहरुको चल्दै आएको बिबादलाई सहमतिमा ल्याएको बताइएको छ । सामाजिक सुरक्षा भत्ता समयमा उपलब्ध गराएको, उत्कृष्ट विद्यार्थीहरुलाई ल्यापटप बितरण गर्ने जस्ता काम गर्ने विभिन्न फाँटका कमर्चारीलाई स्थानीय राजनितीकर्मीहरुले सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरुमा योजना शाखा प्रमुख सुधांशु शेखर प्रसाद महतो, संतोष सर्राफ, शिक्षा प्रमुख दामोदर दुबेदी, प्रसाशन प्रमुख हरिमोहन महतो, स्वास्थ्य प्रमुख सदाम हुसेन, लेखापाल निरन्जन पटेल लगायतलाई सम्मानित गरिएको स्थानीय युवा सुनिल कुमार कुशवाहाले जनाएका छन् । स्थानीय नेता नन्दकिसोर पटेल, जानमहम्द मियाँ, सुरेश यादव, फरिन्द्र चौहान, लिनेश साह कानु, राजु सोनार लगायतले सम्मान गरेका हुन् ।

प्रतिक्रिया