पाँचथर । जिल्लाको फिदिम नगरपालिका– ७ र ८ का २२ जना अगुवा कृषकलाई बेमौसमी तरकारी खेती तालिम दिइएको छ । रानिटार सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तीनदिने तालिम सम्पन्न भएको हो ।
कृषि व्यवसायी उन्मुख कृर्षकहरुलाई तालिम दिएर व्यवसायी बनाउने लक्ष्य लिएको जनाइएको छ ।
सो तालिमको अवसरमा कृषि औजार र बेमौसमी उन्नत जातका तरकारी बिउविजन वितरण गरिएको उक्त सिकाई केन्द्रका अध्यक्ष सूर्य अधिकारीले जानकारी दिए ।
उक्त तालिमलाई कृषि अभियन्ता महेन्द्र लुइटेलले सहजिकरण गरेका थिए । सो तालिम, केन्द्रको ८० हजार रकममा तालिम सम्पन्न भएको हो । उक्त सिकाइ केन्द्रले शिक्षा क्षेत्रमा समेत अभियान सञ्चालन भइरहेको जनाएको छ ।
प्रतिक्रिया