गरुडा । रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिकामा लागेको तालाबन्दी एक महिनाभन्दा बढी पुुगेको छ । गत पुुस १८ गतेदेखि नगरपालिकाको मुल गेटमा ताल्चा लगाइएको छ ।
तलाबन्दी खुलाउन कसैले पनि गम्भिरताका साथ लिएको छैनन् । यसको असर नगरवासीलाइ नराम्ररी परेको छ । लगातारको तालाबन्दीले नगरपालिकाको कामकाज प्रभावित बनेको छ । दैनिक रुपमा आमजनतालाइ प्रभावहुने सेवा प्रवाहहुन सकेको छैन् ।
उपमेयर पक्षले विभिन्न ६ बुँदे माग राख्दै विगत तीन सातादेखि गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरी आन्दोलन गर्दै आएका छन् । आफ्नो अधिकारको मागगर्दै नगर कार्यापालिकाको कार्यालयमा तालाबन्दी गरेको उपप्रमुख पुनम चौधरी र वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बताउने गरेका छन् ।
उपमेयर पक्षले नगरसभाको निर्णय सार्वजनिक गर्नुुपर्ने, आव.२०७९।८०को खर्च कार्यपालिका बैठकमा पेश गर्नुपर्ने, गोजीका करारका कर्मचारी खारेज गर्नुपर्ने, उपप्रमुख र वडा अध्यक्षलाई पनि अधिकार दिनुपर्ने लगायतका माग राखेका छन् ।
सो नगरपालिकाको मेयर र उपमेयर सहित वडा अध्यक्षहरुबीच उत्पन्न विवाद मिलाउन दुबै पक्षबीच शनिबार जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल समेत भएको थियो । तर छलफलले समस्याको गाँठो फुुकेन ।
यसबारेमा नगरप्रमुख कन्थमनीप्रसाद जयसवालले भने, ‘यस विषयमा सिडियो कार्यालयमा छलफल भएको थियो । छलफलमा तालाबन्दी खोलेर वहाँहरुको माग कार्यपालिकामा लैजाने कुरा उठेको थियो । मैले त्यसमा सहमती जनाए । तर, उपममेयर पक्षले असहमती जनाएका कारण वार्ता सफल हुन सकेन् ।’
तर यता उपमेयर पुनमकुमारी चौधरीले मेयरको तर्फबाट कुनै किसिमको चासो नलिएको आरोप लगाएकी छिन् । ‘छलफमा आफूले पहिला कार्यपालिका बैठक बसौं अनि हाम्रो माग सम्बोधन होस्, त्यस पछाडी हामी आफैं गएर तालाबन्दी खोलि दिन्छौं भनेकी हुँ । तर मेयरले आफूूहरुको कुरामा सहमती नजनाउँदा छलफलको टुुंगो लागेन,’ उनले भनिन् ।
गरुडा नगरपालिकामा लागेको तालाबन्दी खुलाउनका लागि पटक पटक जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षबीच सहमतिको प्रयास भए पनि अहिलेसम्म सहमति हुन नसक्दा नगरपालिकामा लागेको ताला नखुलेको हो । पटक पटकको वार्ता विफल हुुँदै आएको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया