सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको उद्घाटन गरेका छन् । दुधौली नगरपालिकाले आज सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उनले १५ शय्याको नगर अस्पतालको उद्घाटन गरेका हुन् ।
करिब १८ करोड लागतमा निर्मित उक्त अस्पतालले दैनिक १५० भनदा बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । रासस
प्रतिक्रिया