नगरप्रमुख यादवद्वारा कोपवामा विद्यालयकाे भवन शिलान्यास

रौतहट । रौतहटको बौद्धीमाई नगरपालिकाका प्रमुख प्रदिप कुमार यादवले विद्यालय भवनको शिलान्यास गरेका छन् । नगरप्रमुख यादवले नगरपालिका–५ स्थित रहेको श्री आधारभूत विद्यालय कोपवाको प्रांगणमा चार कोठे भवनको शिलान्यास गरेका हुन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत कुल ४५ लाखको लागतमा निर्माण हुने ४ कोठे भवनको शुक्रबार शिलान्यास गरिएको छ ।

विद्यालयको प्रअ उमाशंकर प्र यादवको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा वडा अध्यक्ष लक्ष्मी नारायण यादव तुरन्त नारायण यादव विन्देश्वर प्र यादव धर्मेन्द्र पटेल तथा गाउँका स्थानीय भद्रभलादमी सुरक्षाकर्मी र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया