लालबन्दी । सर्लाहीमा ड्युटिमा रहेका ट्राफिक प्रहरीमाथी छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका– ३ घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि छुरा प्रहार भएको हो । पूर्व–पश्चिम राजमार्गस्थित कार्यालय अगाडि नियमित चेकजाँचको क्रममा मोटरसाईकलमा आएका व्यक्तिलाई रोकेर चेक गर्ने क्रममा विवाद भएपछि ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर– १ घर भएका यमामुद्दिन देमाानले चेकिङमा खटिएका ट्राफिक प्रहरी जवानलाई छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । छुरा प्रहार गरी भाग्न खोजेका देमानलाई तत्काल पक्राउ गरि ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ । घाइते ट्राफिक प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ भने नवलपुरमा रहेको बिएण्डआर हस्पिटलमा सामान्य उपचार गरि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रवक्ता प्रहरी निरिक्षक ओम प्रकाश महतोले जानकारी दिए । घछनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्त महतोले बताए ।
सर्लाही
प्रतिक्रिया