गौर । जिल्ला प्रहरी कार्यालय रौतहटले अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि पुस मसान्तसम्मको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जारी गरिएको विज्ञप्तीमा चालु आव ६ महिनाको अवधिमा २ करोड ९५ लाख ३१ हजार ३ सय ३१ झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरको भन्सार छली चोरी निकासी गरेको सवारी तथा विभिन्न सामानहरू बरामद गरी भन्सार कार्यालयमा बुुझाएको जनाइएको हो । प्रहरीले २ सय ३९ जना फरार अपराधीलाई पक्राउ गरेको जनाएको हो । जसको कैद अवधि ४४ वर्ष २ महिना १५ दिन असुली तथा उनीहरूबाट १२ लाख ३५ हजार ७ सय १२ जरिवाना असुुली गरेको छ ।
नक्कली नेपाली नोटको मुद्दामा प्रहरीले चार वटा मुद्दा दर्ता नौ जनालाई पक्राउ र १८ लाख ७० हजार ४ सय नक्कली नोट बरामद गरेको जनाएको छ । अनलाइन स्क्यानमा तीन जनालाई पक्राउ गरी २४ लाख ३७ हजार ८ सय ६५ रुपैयाँ पीडितलाई फिर्ता गराएको र फिरौती माग गर्ने एक जनालाई पक्राउ गरी मुद्दा चलाइएको बताइएको छ ।
त्यस्तै ५ सय ८ विभिन्न मुद्दा दर्ता भएको, जसमा २ सय ९० मुद्दा फस्र्याैट, २ सय १८ मुद्दा अनुसन्धानको क्रममा रहेको जनाएको हो । जसमा ३ सय ४३ मानिसलाई पक्राउ गरिएको गिरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । यस्तै कर्तब्यज्यानसम्बन्धी नौ वटा मुद्दा दर्ता, चार वटा मुद्दा फस्र्याैट र पाँच वटा मुद्दाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । सो मुद्दामा नौ जना पक्राउ गरी जिल्ला अदालतसमक्ष पेस गरिएको जनाइएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिकसम्बन्धीतर्फ ३९ वटा मुद्दा दर्ता, २७ वटा मुद्दा फस्र्यौट र १२ वटा मुद्दाको अनुसन्धान जारी जनाएको छ । सवारी ज्यान मुद्दाअन्तर्गत २४ वटा मुद्दा दर्ता, १८ फस्र्याैट र ६ वटाको अनुसन्धानजारी रहेका जनाइएको छ । लागुऔषधतर्फ ११ वटा मुद्दामा नौ वटा फस्र्यौट, दुई मुद्दाको अनुसन्धान भइरहेको र १५ जना मानिसलाई पक्राउ गरिएको जनाइएको छ ।
यस्तै विद्युतीय कारोबार साइबर अपराधतर्फ पाँच वटा मुद्दा दर्ता, चोरीडाँकातर्फ ३४ मुद्दामा ३३ वटाको फस्र्याैट, एक वटा मुद्दाको अनुसन्धान भइरहेको जनाइएको छ । उक्त मुद्दामा ५० जना मानिसलाई पक्राउ गरिएको थियो ।
लाखौँ मूल्यको अवैध काठ बरामद
रौतहट प्रहरीले लाखौँ मूल्य बराबरको अवैध काठ बरामद गरेको छ । अस्थायी प्रहरीचौकी छेदी चौकबाट प्रहरी सहायक निरीक्षक विनयकुमार झाको नेतृत्वमा खटिएका टोलीले जिल्लाको कटहरीया नगरपालिका–१ भसेड्वास्थित लाल बकैया खोलाको नजिकै रहेको स्थानीय सोनेलाल यादवको गाईगोठ नजिकै लुकाई राखिएको अवस्थामा अवैध सालको काठ बरामद गरेको हो ।
प्रतिक्रिया