नर्सिङ लाइसेन्स परीक्षाकाे अनलाइन फर्म आइतबारदेखि खुल्दै

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता लाइसेन्स परीक्षा आगामी चैत ३ गते हुने भएको छ । परीक्षाका लागि माघ २१ गते आइतबारदेखि अनलाइन फर्म खुल्ने भएको छ ।

पीसीएल र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फर्म भर्न काउन्सिलले आग्रह गरेको छ । नियमित दस्तुर तीन हजार १०० रुपैयाँमा फागुन २१ गतेसम्म र दोब्बर दस्तुर ६ हजार १०० रुपैयाँ तिरेर फागुन २२ देखि २४ गतेसम्म फर्म भर्न सकिनेछ ।

प्रतिक्रिया