रौतहट । रौतहटको मौलापुर नगरपालिकाले विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।बुधबार मौलापुर नगरपालिकाकाे प्राङ्गणमा आयाेजित कार्यक्रममा १०० जना परिवारलाई कम्बल वितरण गरिएको हाे ।
मौलापुर नगरपालिकाकि नगर प्रमुख रिना कुमारी साहले आफ्नो पालिका भित्रकाे वडा नम्बर ४,५ र ६ का करिब १०० जना विपन्न परिवार एवं ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले जानकारी दिए ।
केही दिन देखि तराई मधेसका जिल्लामा बढेको सितलहरीले यहाँका जनजिवन प्रभावित बनाएपछि त्यसबाट जोगिन न्यानो कम्बल वितरण गरिएको नगर प्रमुख साहले बताईन् । कम्बल पाएका अति विपन्न परिवारलाई चिसो छलनबाट राहत पुग्ने नगर प्रमुख साहले विश्वास ब्यक्त गरिन् । वितरण कार्यक्रममा विभिन्न वडा वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु र पालिकाका कर्मचारीहरुकाे समेत उपस्थित रहेको थियो ।
प्रतिक्रिया