पर्सा प्रहरीद्वारा गाँजा खेती फँडानी

वीरगञ्ज । पर्सा प्रहरीले गाँजा खेती फँडानी तथा नष्ट गरेको छ । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा जिराभवानी गाउँपालिका वडा नं. ३ स्थित सहजानपुरमा गाँजा खेती फँडानी तथा नष्ट गरेको हो ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ईलाका प्रहरी कार्यालय सेढवाबाट खटिएको १० जनाको संयुक्त प्रहरी टोलीले अवैधरूपमा लगाइएको १ कठ्ठामा १०५० (एक हजार पचास) गाँजाको बोट फडानी तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ ।

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया