रौतहट प्रहरीद्वारा अर्धवार्षिक प्रगति विवरण सार्वजनिक

गौर । गौर–जिल्लाप्रहरी कार्यालय रौतहटले अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्त सम्मको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जारी गरिएको विज्ञप्तीमा चालु आवको ६ महिनाको अवधिमा २ करोड ९५ लाख ३१ हजार ३ सय ३१ झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरको भन्सार छली चोरी निकासी गरेको सवारी तथा विभिन्न सामानहरू बरामद गरी भन्सार कार्यालयमा बुुझाएको जनाइएको हो ।

प्रहरीले २ सय ३९ जना फरार अपराधीलाई पक्राउ गरेको जनाएको हो । जसको कैद अवधि ४४ वर्ष २ महिना १५ दिन असुली तथा उनीहरूबाट १२ लाख ३५ हजार ७ सय १२ जरिवाना असुुली गरेको जनाइएको छ ।

प्रतिक्रिया