रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा बुधबार एक कार्यक्रमका बिच गौर नगरपालिका–५ स्थित श्री आधारभूत विद्यालय बाल मन्दिर गौरमा अध्ययनरत विधार्थीहरुलाई जाडो मौसममा चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सो विद्यालयमा अध्यनरत २३ जना बालबालिकालाई वितरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी एवं प्रवक्ता एलिजा गिरीले जानकारी दिइन् ।
न्यानो कपडा वितरण कार्यक्रममा चिसोको उपाय तथा जाडोमा ध्यान दिनुपर्ने कुराहरुको बारे पनि विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक एलिजा गिरी, अन्य प्रहरी कर्मचारीहरू तथा श्री आधारभूत विद्यालय बाल मन्दिरका शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया