वीरगञ्ज । लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थसहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी बसपार्क तथा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले गस्ति गर्दै जाने क्रममा खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थसहित तीन जनालाई पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका– १६ स्थित सडकखण्डमा तीन जना व्यक्तिहरू शंकास्पद रूपमा बाटोको छेउमा उभीइ एकआपसमा कुराकानी गर्दै गरेको अवस्थामा निजहरूलाई खानतलासी गर्दा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका– १६ बस्ने वर्ष ६१ का राजबली महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट १ वटा सेतो रङको प्लाष्टिकमा बेरी लुकाइछिपाई राखिएको खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम फेला परेको र सोही ठाउँमा बस्ने वर्ष ४५ का मनोहर महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट १ वटा सेतो रङको प्लाष्टिकमा बेरी लुकाइछिपाई राखिएको खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम र जिल्ला बारा परवानीपुर गाउँपालिका– ५ बस्ने बर्ष ३७ का अबधेश प्रसाद पटेल समेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएरनिजहरूविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया