प्युठानमा वेवारिसे नवजात शिशु फेला

प्युठान । वेवारिसे अवस्थामा प्रहरीले भर्खर जन्मिएको नवजात शिशु फेला पारेको छ । प्यूठान नगरपालिकाको जुम्रीमा आज बिहान पौने सात बजे शिशु फेला पारेको हो ।

बुधबार बिहान बच्चा रोएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए । खवर पाए लगत्तै प्रहरी घटनास्थल पुगेर हेर्दा नवजात शिशु जिवितै अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कपडाले छोपेर झोलुंगोमा राखेको अवस्थामा बच्चा भेटाएको प्रहरीले जनाएको छ । बच्चालाई अहिले जिल्ला अस्पताल बिजुवार प्युठानमा राखिएको प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए । नवजात शिशु छोरी भएको समेत उनले बताए ।

बच्चा जुम्रीमा रहेको होटेल आयुष्मा नजिकैको एउटा घरको छेउमा रहेको जस्तापाताले छाएको छाप्रोभित्र झोलुंगोमा राखिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया