राजविराज । सप्तरीमा मोटरसाइकल चोरीमा संलग्न तीन जना युवकलाई पेस्तोल र गाँजासहित प्रहरीले पक्राउ गरेको छ । सप्तरीको महदेवा गाउँपालिका–१ ढिकली घर भई हाल राजविराज नगरपालिका–१ राजदेवी टोल बस्ने २६ वर्षका सुमित मण्डल र भारतको बिहार राज्यअन्तर्गत मधुवनी ग्राम पञ्चायत फुलपरास विसनपुर सिस्वा वरही–५ बस्ने २७ वर्षका रणवीरलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।
गोली लोड गरिएको कटुवा पेस्तोल र लागू औषध गाँजासहित राजविराजबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गत १२ माघको राती राजविराज नगरपालिका–६ स्थित सानिमा बैंक अगाडिबाट पार्किङ गरी राखेको प्र.२–०१–००१ प ८६१४ नम्बरको १ सय ६० सिसीको अपाचे मोटरसाइकल चोरी भएको थियो । चोरीमा संलग्न व्यक्तिहरूलाई खोजतलास एवं प्राविधिक अनुसन्धान गर्ने सिलसिलामा १५ माघमा राजविराज–६ पुरानो बसपार्कबाट प्रदेश ०६–००१ प ०७५७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका मण्डल समातिएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुन्डीराज नेउपानेले बताए ।
उनीहरूको शरीर तलासी लिँदा निजले लगाएको ज्याकेटको खल्तीमा लोड गरिएको अवस्थामा कटुवा पेस्तोल थान–१ र यसमा लाग्ने आठ एमएम लेखिएको गोली थान–१ फेला परेको उनले बताए ।
बरामद पेस्तोल र गोली नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा निजले मोटरसाइकल आफूसहित रनबीर मिलेर चोरी गरेको र भारतमा लगि बेचेको बताएको डिएसपी नेउपानेले बताए । बयानका आधारमा यादवको खोजतलास गर्दा १५ माघमै उनलाई द्यच् घद्द ब्त् ण्ज्ञघढ नम्बरको मोटरसाइकलमा भारतमै बस्ने विभस यादवलाई पछाडि बसाई आउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरूको शरीर तलासी लिँदा मोटरसाइकलमा पछाडि बसेका विभस यादवको साथबाट लागुऔषध गाँजा ६ सय २ ग्राम फेला परेको प्रहरीको भनाइ छ । उनीहरूविरुद्ध हातहतियार खरखजाना, लागुऔषध र चोरीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया