मधेस उद्योग मन्त्रालयका शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेसको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेस प्रदेश, जनकपुरधामका शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका अधिकृत तथा हाल मन्त्रालयका शाखा अधिकृत भट्टराईविरुद्ध चार करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०५४ सालमा सेवामा प्रवेश गरेका भट्टराईले सेवा अवधिमा ४ करोड ४० लाख १५ हजार ९ सय २५ रुपैयाँ गैरकानुनी सम्पत्ति जोडेको र सोको वैधानिक स्रोत नखुलेको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले दावी गरेको छ ।

भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको २०५४ साउन २६ देखि ०७९ जेठ ३० सम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोहीअनुसारको अन्तिम कट अफ मितिको आधारमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा सो रकमको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया