रौतहट प्रहरीद्वारा बरामद गरिएको अवैध घरेलु मदिरा नष्ट

रौतहट । भारततर्फ लैजादैँ गरेको अवस्थामा रौतहट प्रहरीले बरामद गरेको अवैध घरेलु मदिरा नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा जिल्लाको यमुनामाई गाउँपालिका– ४ बाट अवैध घरेलु मदिरा अन्दाजी २९० लिटर फेला पारी नियन्त्रणमा लिएको थियो ।

अवैध रुपमा बरामद गरिएको घरेलु मदिरा स्थानीय, सञ्चारकर्मी तथा प्रहरी कर्मचारीहरु समेतको रोहबरमा जिल्ला प्रहरी कार्यालयको प्रांगणमा सोमबार गते नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एलिजा गिरीले जानकारी दिइन् ।

प्रतिक्रिया