सुरक्षा व्यवस्थापन समितिको पहलमा बोदे बर्साईनमा न्यानो कपडा वितरण

सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिकाका विभिन्न वडाका ज्येष्ठ नागरीक, अपांग, सुकुम्बासी, अति विपन्न, मानसिक अवस्था कमजोर भएका तथा दलितहरुलाई न्यानो कम्बल वितरण गरिएको छ ।

सुरक्षा व्यवस्थापन समिति सप्तरी राजबिराजको पहलमा ल्याएको कम्बल नगरभरीका लगभग ८६ जनालाई वितरण गरिएको हो । जसमा ११ जना अपांग, ५० जना दलित तथा अन्य ज्येष्ठ नागरिकलाई न्यानो कमल वितरण गरीको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख खड्काले भने, ‘यस नगरभित्र पर्ने दलित , सुकुम्बासी, विपन्न, ज्येष्ठ नागरिकहरुलाई जाडोमा विभिन्न किसिमका बिरामीबाट बच्न सुरक्षा व्यवस्थापन समितिको पहलमा न्यानो कम्बल वितरण गरिरहको छ ।’

सो कार्यक्रममा सहभागी बोदे बर्साईन नगरपालिकाका कार्यवाहक नगरप्रमुख रेणु कुमारी साह, वडाध्यक्ष राजकुमार यादव, नगर हवल्दार डमर नारायण यादव, सशस्त्र प्रहरी बल बोदे बर्साईनका असइ दिनेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

आइतबार सुरक्षा व्यवस्थापन समिति सप्तरीक प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको पहलमा केही सुकुम्बासी तथा विपन्नलाईवितरणको लागि प्रहरी र नगरपालिकालाई जिम्मेवारी लगाएको थियो भने आज एक कार्यक्रमको बीच वितरण गरी समापन गरिएको छ ।

प्रतिक्रिया