रौतहट । जिल्लाको मौलापुरबाट लागूऔषध नाइट्राभेटसहित एक जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको फतुवा विजयपुर नगरपालिका–८ विजयपुर बस्ने २८ वर्षीय सञ्जयकुमार दास रहेको प्रहरीले जनाएको छ ।
बारा जिल्लाको पटेर्वाबाट विजयपुरतर्फ जाँदै गरेको ना१३प ४१९२ नम्बरको मोटरसाइकललाई शनिबार इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया