गौरमा मेयर कप क्रिकेट प्रतियोगिता : वडा–४ र ३ विजयी

गौर । रौतहटको गौर नगरपालिकामा भइरहेको मेयर कप क्रिकेट प्रतियोगितामा आइतबार दुुई खेल सम्पन्न भएका छन् । पहिलो खेल वडा–४ र ८ बीच भएको थियो भने दोस्रो खेल वडा–३ र ७ बीच भएको थियो । दुवै खेलमा क्रमशः वडा–४ र ३ विजयी भएका छन् ।

पहिलो खेलमा वडा–८ को टिमले टस जितेर पहिले ब्याटिङ गर्दै १० ओभरमा ६ विकेट गुमाउँदै ६० रन बनाएको थियो । जवाफी ब्याटिङ गर्दै वडा–४ को टिमले ८ ओभर ३ बल खेल्दै विजयी लक्ष्य प्राप्त गरेको थियो । उसको तर्फबाट धर्मेन्द्र यादवले २ ओभर बलिङ गर्दै १२ रन खर्चेर ४ विकेट लिई म्यान अफ दी म्याच घोषित भएका थिए ।

त्यस्तै आइतबारै भएको दोस्रो खेलमा वडा–३ ले जित हात पारेको छ । वडा–७ को टिमले टस जितेर पहिले ब्याटिङ गर्दै १९ ओभर १ बलमा १ सय ६ रनमै पुरै टिम समेटिन पुुग्यो । जवाफी ब्याटिङ गर्दै वडा–३ को टिमले १२ ओभर २ बलमा १ सय ८ रन बनाई विजयी भएको थियो । खेलमा विवेक साहले ३३ बलमा ६० रन नटआउट रहँदै म्यान अफ दी म्याच घोषित भएका थिए ।
नगरस्तरीय क्रिकेट खेलाडी छनौट गर्ने उद्देश्यले सो प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा नगरभरिको नौ वटा टिमको सहभागिता छ ।

प्रतिक्रिया