रौतहटबाट लागूऔषधसहित एक जना पक्राउ

रौतहट । रौतहटको मौलापुरबाट लागूऔषध नाईट्राभेट सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको फतुवा विजयपुर नगरपालिका–८ विजयपुर बस्ने २८ वर्षीय सञ्जय कुमार दास रहेको प्रहरीले जनाएको छ ।

बारा जिल्लाको पटेर्वाबाट विजयपुरतर्फ जाँदै गरेको ना १३ प ४१९२ नम्बरको मोटरसाइकललाई शनिबार इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जानकनरी दिए ।

प्रतिक्रिया