वीरगञ्ज । समाजवादी प्रेस संगठन नेपाल पर्साको विशेष जिल्ला सम्मेलन शुक्रबार सम्पन्न भएको छ । वीरगञ्जस्थित माइस्थानमा सम्पन्न जिल्ला सम्मेलनले आशमहम्मद मियाँको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
नयाँ नेतृत्वको उपाध्यक्षमा दिपक कुशवाहा, सचिवमा राम अनुप यादव, सहसचिवद्वयमा श्रीराम रौनियार र जय कुमार यादव, कोषाध्यक्षमा रामेश्वार चौरसिया, सदस्यहरुमा अजय चौरसिया, दिपेन्द्र गिरी, रञ्जित चौरसिया, राकेश जायसवाल, दिपक चौरसिया, बिरेन्द्र भट्टराई, छोटु रौनियार, मयन्क गुप्ता, रोशन कुमार, आकाश पटेल, राजकिशोर भगत, सागर कुमार, अरुण कुमार, जितेन्द्र कुमार, बिनय कुमार मुखिया सर्वसहमत चयन भएका छन् ।
विशेष जिल्ला सम्मेलनका संयोजक आशमहम्मद मियाँको सभापतित्वमा सम्पन्न सो सम्मेलनको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टी पर्साका सचिवालय सदस्य एवं केन्द्रिय प्रचार विभाग सदस्य राघव साहले नवनिर्वाचित समितिलाई शपथ खुवाएका थिए ।
शपथ खुवाउदै प्रमुख अतिथि साहले यस जिल्लाका समाजवादी प्रेस संगठनलाई भाडभैलो मच्चाउन केही कुतत्वहरु करिब एक वर्षदेखि लागेको हुनाले पर्साको संगठन कमजोर भएको बताए ।
संगठनका केन्द्रिय सल्लाहकार समेत रहेका साहले वीरगञ्जमा केन्द्रिय पदाधिकारीहरु आईसकेको अवस्थामा दुवै पक्षको समस्या समाधान गरी एउटा आयोजक कमिटी बनाएर एकै थलोमा सम्मेलन गर्ने निश्चित जस्तै भए पनि अध्यक्ष विश्वमणी सुवेदीले एकपक्षिय सम्मेलनमा सहभागी हुनुले संगठनको लागि हित नदेखिएको बताए । साहले समाजवादी प्रेस संगठन नेपाल श्रमजिवी पत्रकारहरुको संगठन रहेकोमा अग्रणी संस्थाको रुपमा स्थापित गर्न सबैलाई क्रियाशिल भएर लाग्न सुझाएका थिए ।
प्रतिक्रिया