रुकुम पश्चिम । राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका तीनै जना उम्मेदवार विजय भएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनीहरु फराकिलो मतान्तरले विजयी भएका हुन् । गठबन्धन दलबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय, नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल र नेकपा माओवादी केन्द्रका विष्णु विक विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका रोकायले तीन हजार ८ सय ७० मत प्राप्त गरेका छन् । रोकायले ३० प्रदेशसभा सदस्य बराबर एक हजार ५९० मतभार र १२० स्थानीय तह मतदाता बराबर दुई हजार २८० मतभार प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका डिल्ली प्रसाद भट्टराईले एक हजार २ सय १४ मत प्राप्त गरे । उनले १० प्रदेशसभा सदस्य बराबर ५३० मतभार र ३६ स्थानीय तह मतदाता बराबर ६८४ मतभार प्राप्त गरी पराजित भएका हुन् ।
त्यस्तै महिलातर्फ विजयी भएकी मल्लले तीन हजार ७१९ मतभार प्राप्त गरेकी छन् । मल्लले २९ प्रदेश सभा सदस्य बराबर एक हजार ५३७ मतभार र ११५ स्थानीय तह मतदाता बराबर दुई हजार १८५ मतभार प्राप्त गरेकी हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी विमला शाहीले एक हजार ३६२ मत पाइन् । शाहीले ११ प्रदेशसभा सदस्य बराबर ५८३ मतभार र ४१ स्थानीय तह मतदाता बराबर ७७९ मतभार प्राप्त गरी पराजित भइन् ।
दलिततर्फ विजय भएकि विष्णु विकले तीन हजार ८१७ मतभार प्राप्त गर्दै ३९ प्रदेश सभा सदस्य बराबर एक हजार ५३७ मतभार र १२० स्थानीय तह मतदाता बराबर दुई हजार २८० मतभार प्राप्त गरिन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका हिक्मत विकले एक हजार ३६७ मतभार प्राप्त गरेका हुन् । विकले ११ प्रदेशसभा सदस्य बराबर ५८३ मतभार र ३६ स्थानीय तह मतदाता बराबर ६८४ मतभार प्राप्त गरी पराजित भएका छन् ।
रुकुम पश्चिम
प्रतिक्रिया