काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रि समन्वय परिषद् (एनआरएनए) को नेपाल भलिबल संघलाई आर्थिक सहयोग गरेको छ । संघको बालुवाटारस्थित मुख्यालयमा एनआरएनए स्पोर्टस एकेडेमीले मंगलबार गरेको कार्यक्रमबीच संघका अध्यक्ष डा. बद्री केसीले भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलाई सहयोग हस्तान्तरण गरेका हुन् ।
नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबल संघलाई गैरआवासीय नेपाली संघले ८ लाख रुपैयाँ सहयोग गरेको हो । कार्यक्रममा भलिबल संघका अध्यक्ष चन्दले एनआरएनएको सहयोगले भलिबल खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा अध्यक्ष केसीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट एनआरएनएको टिमले पनि प्रतिस्पर्धा गरेको स्मरण गर्दै नेपालको खेलकुदको विकासका लागि आफूहरुले सधैं सहयोग गर्ने बताए । यसअघि संघले नेपाल क्रिकेट संघ क्यानलाई १० लाख रुपैयाँ सहयोग गरेको थियो ।
प्रतिक्रिया