बारा । नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले नेपाली कांग्रेस ठेलठाल पार्टी रहेको बताएका छन् । शनिबार बाराको देवताल गाउँपालिका–५ टोल धुरहामा नेपाल समाजबादी पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनले यो सरकार जातीय बिभेदको लागि काम गरेको दाबी गरे ।
उनले यो गठबन्धनको सरकार नेपालको विभिन्न क्षेत्रमा काम गर्न खोज्दा नेपाली कांग्र्रेस विभिन्न बहानामा काममा रोकावट गर्ने प्रबृत्ति देखाउने र प्रचण्ड सरकार राम्रो काम गरे भने भोलिको दिनमा यो सरकारले जस पाउला र कांग्रेस अझेलमा पर्ला भन्ने चिन्तामा रहेको बताए ।
वर्तमान सरकार ५ बर्ससम्म रहेने भन्दै उनले देश र जनताको हकमा यने सरकारले काम गर्ने बताए । मन्त्री यादवले विभिन्न पार्टी परित्याग गरी नेपाल समाजबादी पार्टीमा प्रवेशश गरेका ५५० जनालाई स्वागत गरेका थिए । जनताको हक हितका लागि वर्तमान सरकारले काम गरीरहेको उनले जिकिर गरे । यो सरकार देशलाई आत्मनिर्भर बनाउने र संघीयतालाइ बलियो बनाउने तर्फ काम गर्न अग्रसर रहेको उनले बताए ।
उनले भने, ‘यो सरकारले मिटर ब्याजी पीडित जनताको हक हितको लागि जुन किसिमको काम अगाडि बढाएको छ त्यसलाई निरंतरता दिइने छ, नागरिता समस्यको अन्त्यको लागि विभिन्न बिगतका सरकारले गर्न नसकेको काम यो सरकारले नागरिता बिधेयक ल्याएर मधेसी जनताको हकमा काम गरेको छ ।’ मन्त्री यादवले सरकारले संघीयतालाइ बलियो बनाउन निजामती ऐन ,मधेस प्रहरी ऐन लागाएत विभिन्न ऐन बनाउने काम समेत गरिरहेको जानकारी गराएका थिए । उनले सिमामा रहेको ९८ प्रतिशत समस्या समाप्त भएको र बाकी २ प्रतिशतमा पनि सरकार इमानदारी ता पूर्वक लागेर काम गरिएको जानकारी गराएका थिए ।
कार्यक्रममा पार्टीका महासचिव रमेश यादवले मधेसका मसिहा भनिने उपेन्द्र यादवले मधेसीको रगतमा नाच नाच्दै मधेसीको हक अधिकार माथी ठाडो हस्ताक्षेप लगाएको आरोप लगाए । उनले वारा निर्वाचन क्षेत्र न. २ का जनतालाई हिजडाको संज्ञा दिदै उपेन्द्र यादवलाई जिताएर ठुलो अघात गरेको र यसको मूल्य भोलिका दिनमा पाउने भनेर दुखेसो पोखेका थिए ।
प्रतिक्रिया