रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ लाई भूकम्प प्रभावितको राहतमा भ्रष्टाचार गरेको आरोप लागेको छ । माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले पार्टीका महासचिव देव गुरुङले भुकम्प प्रभावितका लागि चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको राहतमा आफ्ना नातेदारसँग मिलेर भ्रष्टाचार गरेको आरोप लगाएका हुन् । त्यस्तै माओवादी कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीले राहत सामाग्री लुटेको आरोप लागाएका छन् ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा चिनियाँ टोलिले ल्याएको राहतका विषयमा भएको विवादका विषयमा माओवादी केन्द्रको गत पुस २८ गते बसेको स्थायी समिति बैठकले गोरखबहादुर केसीलाई ‘लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने’ निर्णय गरेको थियो । सोहि स्पष्टिकरणको लिखित जवाफ दिदैँ केसीले विपतमा आएको राहतमा पार्टीका महासचिव देव गुरुङले आफ्ना नातेदार मुक्ति मरासिनिसँग मिलेर भ्रष्टचार गरेको भन्दै छानविन गर्न सरकार र पार्टीलाई स्पष्टिकरणमा अनुरोध गरेका छन्।
भूकम्प प्रभावित क्षेत्रमा चीन सरकारको तर्फबाट वितरण गर्न ल्याईएको राहत सामाग्री वितरण गर्ने क्रममा विवाद उत्पन्न हुँदा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य केसीले चिनियाँ टोलीका प्रमुख महिलामाथि कुटपिट गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो । सो घटनालाई स्पष्ट पार्दै केसीले ग्लोबल कर्पोरेसन फर डेभलभमेन्टका कन्ट्री डाइरेक्टर मुक्ति मरासिनी सँग मिलेर भ्रष्टचारको हिस्सा गुरुङ र मरासिनीले बाड्ने प्रपञ्च रहेको उल्लेख गरेका छन ।
स्पष्टीकरणमा भनिएको छ, ‘मरासिनी देव गुरुङको सहोदर भदैनीको श्रीमान् हुन् र यी एकाघरका नातेदार तथा देव गुरुङले नै भनसुन गरी चिनियाँहरूको प्रोजेक्ट मरासिनीको संस्थालाई दिलाएको तथा यसको भ्रष्टाचारबाट हुने आम्दानीमा यी दुवै हिस्सेदार रहेको बारेमा पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गरोस् ।’ एक परिवारलाई ४० हजारका दरले सामान दिने भनिएको थियो, पछि देव गुरुङलेनै रुकुम पश्चिम पुगेर प्रति परिवार २३ हजार हाराहारीको राहत छ भन्नुभएको थियो, तर तल वितरण गरिएको सामान हेर्दा १० हजारको पनि देखिन्न, माधव नेपालले रुकुम पश्चिम पुगेर राहतमा सोलारसमेत रहेको भन्नुभएको थियो त्यो पनि दिइएको छैन, ७५ प्रतिशत ठुला र बाँकी रहेको २५ प्रतिशत पनि तलकाले खाएका छन्, आठबिसकोटमा भूकम्प प्रभावितले केही पनि पाएनन्, यही विषयमा प्रश्न गर्दा मलाई कारबाही गर्न खोजियो केसीले ६ बुँदे स्पष्टिकरणमा लेखेका छन्।
नेकपा माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले आठबिसकोट आउने भनेको सामान सानीभेरी लिएको कुरा खोतल्दा उनी आफूविरुद्ध लागेको केसीको भनाई छ । आठबिसकोट नगरपालिकाका लागि भनिएको दुई सय पीस राहत प्याकेज अध्यक्ष केसीले लुटेर सानीभेरीमा लिएको केसीले आरोप लगाएका छन् । आठबिसकोटमा पठाउने भनिएको राहत सामग्री सानीभेरी लिएको अध्यक्ष विमला केसीले स्वीकार गरेको स्पष्टिकरणमा उल्लेख गरिएको छ ।
बिमला केसीले राहत लुटेर गल्ति भयो भनेर पार्टीका महासचिव र मातृका यादवमार्फत आफूलाई फोन गराएको उनले बताएका छन् । विपतमा जनताका नाममा आएको राहत बिचबाटोबाटै लुटेर लिएपछी सार्वजनिक रुपमा माफि माग्नुपर्ने गोरख केसीकाे अडान छ । ‘बिमलाले आठबिसकोटको सामान आफ्नो पालिकामा लिएर सानीभेरी गाउँपालिकाको पुर्तिमकाँडामा बाढ्न भरपाई गरेको बुझिएको छ’ स्पष्टिकरणमा भनिएको छ, ‘महासचिव भोली आठबिसकोटमा सामान बाढ्न जाँदैछन, सामान खोई भन्दा विमला केसीको जवाफ आयो खै मलाई थाहा छैन । दुई सय पिस विमलाले लुटेर सानीभेरी पठाईन् । भुकम्पले अति प्रभावित आठबिसकोटको लागि आएको राहत ठुलाहरुले ७५ प्रतिशत लुटेर बचेको २५ प्रतिशत पोको पनि पार्टीका कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले लुटिन् ।’
रुकुम पश्चिम
प्रतिक्रिया