जनकपुरधाम । धनुषाको एक पालिका अध्यक्षमाथि संघातिक आक्रमण भएको छ । धनुषाको मुखियापटी मुसरनिया गाउपालिकाका अध्यक्ष जय कुमार यादव माथि बिहिवार राति एक बजे जनकपुरको तपसी चाेकमा संघातिक आक्रमण भएको हो ।
जनकपुरको एक हस्पिटलबाट घर फर्किने क्रममा जनकपुरधाम स्थित तपसी चाेकमा स्कार्पियोमा आएका १० जनाको अज्ञात समुहले आफु माथि सांघातिक आक्रमण गरेको अध्यक्ष यादवले बताए ।
आक्रमणबाट उनको शरिरमा चोट पटक लागेको छ । अध्यक्ष यादवको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ । स्कार्पियोमा आएका ब्यक्तिहरुको पहिचान खुलाउन तपसी चाेकको सिसिटिभी फुटेज मगाएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया