धोबिनी नावकाटोलमा रहेको राष्ट्रिय प्राविको नवनिर्मित भवन उद्घाटन

पर्सा । पर्साको धोबिनी गाउँपालिका ५ जगरनाथपुर नावकाटोलमा रहेको नेपाल रास्ट्रिय प्राथमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नवनिर्मित विद्यालय भवनको वडा नं ५ धोबिनीका वडा अध्यक्ष मनाउर मियाँ, नेकपा एमालेका नेता सलाउदिन अहमद र बिरेन्द्र यादवले संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन समारोहमा नेकपा एमालेका नेता बिरेन्द्र यादव, सलाउदिन अहमद, वडा नं ४ का वडाध्यक्ष अबास मियाँ चुरिहार, शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठी, स्वस्थ्य शाखा प्रमुख सन्जय यादव, योजना प्रमुख पपु पटेल, रबिभुसन पटेल, ईलाका प्रहरी कार्यालय लंगडीका सई तोपेन्द्र जिसी, श्री अजिज माबी धोबिनीका प्रअ जितेन्द्र राम, आरिफ मिया, लगायतका सहभागिता रहेको थियो ।

प्रतिक्रिया