धमाधम बन्दै जय किसना बहमुखी क्यामपस धरहरीकाे भवन

रौतहट । रौतहटको धरहरीस्थित जय किसान बहमुखी क्यापसमा थप दुइ कोठे भवनको निर्माण कार्य धमाधम भईरहेको छ । विश्व विद्यालय अनुदान आयोग (ugc) को विद्यालय भवन आयोजना अन्तरगत जिल्लाको देवाही गोनाही नगरपालिकाको ९ धरहरीस्थित रहेको बहुप्राविधिक शिक्षालयको नजिकै रहेको जय किसान बहमुखी क्यापसको दुइ कोठे दुइ तल्ले भवनको निर्माण कार्य धमाधम भईरहेको क्यामपस प्रमुख राज किशोर प्रसाद यादवले जानकारी दिए ।

विश्वविद्यालय अनुदान आयोग (ugc) संस्थाको कुल ७५ लाखको लागतमा दुइ कोठे दुइ तल्ले भवनको निर्माण अनलाई टेन्डर मार्फत घटाघट प्रक्रियामा समग्र कन्ट्रक्शन चन्द्रनिगाहपुर-५ ले ५३ लाख २३ हजार ०४४.८३ मा सकार गरेर काम गरिरहेकाे छ । क्यामपसको छेउमै १ कठा क्षेत्रफल रहेको जगामा १५ धुरमा भवन निर्माण भईरहेको छ । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह र उपप्रमुख परनिया देवी पटेलले संयुक्त रुपमा शिलान्यास गरिएपछि उक्त भवनको काम धमाधम भईरहेको प्रमुख यादवले बताए । भवनको निर्माण यसै आर्थिक वर्ष भित्र गर्नुपर्नेछ ।

प्रतिक्रिया